सिलिगुडी, - छुट्टै राज्यको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा भइरहेको शान्तिपर्ूण्ा आन्दोलन दमन गर्न यस क्षेत्रमा अर्धसैनिक बल सेन्ट्रल रिजर्भ पुलिस फोर्स -सीआरपीएफ) परिचालन गरिएको छ ।
सिलिगुडीमा शुक्रबार राति उतारिएका फोर्सका २ कम्पनीले यहा“ परिचालित सशस्त्र सीमा बल -एसएसबी) लाई विस्थापित गरेका छन् । तत्काललाई सिलिगुडीमा शान्ति र व्यवस्था कायम गर्ने बहानामा फोर्स परिचालन गरिएको हो ।
सुरक्षा स्रोत उद्धृत गर्दै मोर्चाका केन्द्रीय सदस्य विनय तामाङले दिएको जानकारीअनुसार दार्जिलिङका लागि थप ४ वटा कम्पनी परिचालन गर्ने तयारी भएको छ ।
सरकारले दमनको नीति लिए पनि आफूहरूले शान्तिपर्ूण्ा आन्दोलन नछोड्ने तामाङले बताए । 'परिचालित सुरक्षाकर्मीलाई फूल र खादा ओढाएर स्वागत गर्र्छौं र शान्तिपर्ूण्ा आन्दोलन अघि बढाउ“छौं,' उनले भने- 'आन्दोलनको रूप परिवर्तन गर्दैर्नौं ।' बंगाल सरकारले गरेको सेना परिचालनको प्रस्ताव भने केन्द्रले 'अनुपयुक्त' भन्दै अस्वीकार गरेको छ ।
सिलिगुडीमा गोर्खाहरूको बस्तीमाथि आक्रमण र गोर्खाली भएकै कारण कुटपिट र दर्ुर्व्यवहार भइरहेका बेला बिहीबार पश्चिमबंगालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले मोर्चाविरुद्ध सेना परिचालनको प्रस्ताव अघि सारिएको खुलासा गरे । राजधानी नया“दिल्लीमा शुक्रबार भएको गम्भीर छलफलपछि सेना परिचालनको प्रस्ताव केन्द्र सरकारले अस्वीकार गरेको सरकारी स्रोत उद्धत गर्दै इन्डियन एक्स्प्रेस दैनिकले उल्लेख गरेको छ ।
'अन्तिम समय' मा मात्र सेना परिचालन हुने स्पष्ट गर्दै रक्षा मन्त्रालयले बंगालको प्रस्ताव अस्वीकार गरेको हो । 'हजार अर्धसैनिक बल परिचालन भइसकेको अवस्थामा मात्र सेनालाई उच्चर्सतर्कतामा राख्न सकिन्छ,' सरकारी स्रोत उल्लेख गर्दै उक्त दैनिकले लेखेको छ । गोर्खाल्यान्डको मानचित्रमा समेटिएका क्षेत्रमा सरकारलाई कर नतिर्ने, सवारीसाधनमा पश्चिमबंगालको सट्टा गोर्खाल्यान्डको अल्फावेट लगाउने लगायतका आन्दोलन कार्यक्रम मोर्चाले घोषणा गरिसकेको छ । घोषणालगत्तै बंगाल सरकारले 'राज्यलाई असहयोगको नीति' स्वीकार्न नसकिने भन्दै दमनको योजना बनाउन थालेको हो ।
मुख्य विपक्षी दल सहभागी नहुने
गोर्खाल्यान्ड आन्दोलनका सम्बन्धमा छलफल गर्न आगामी असार ३ गते बोलाइएको र्सवदलीय बैठकमा राज्यको मुख्य विपक्षी दल तृणमुल कंग्रेस सहभागी नहुने भएको छ ।
आन्दोलनरत मोर्चालाई बैठकमा नबोलाइएको भन्दै तृणमुल कंग्रेसले बहिष्कारको घोषणा गरेको हो । 'जसको कारण समस्या खडा भएको छ, त्यसैलाई नबोलाइएको बैठकको औचित्य छैन,' पार्टर्ीीेतृ ममता बनर्जीले शुक्रबार कोलकातामा पत्रकारहरूस“ग भनिन्, 'हामी बैठकमा सहभागी हु“दैनौं ।' उपेन्द्र पोखरेल
No comments:
Post a Comment